नेपाल सरकारको तर्फबाट उपप्रधानमन्त्रीले ओडाए राष्ट्रकविको पार्थिव शरिरमा राष्ट्रिय झण्डा



काठमाडौं / ०३ भदौ ।
राष्ट्रकवि माधव प्रसाद घिमिरेको पार्थिव शरिरमा नेपाल सरकारको तर्फबाट उपप्रधानमन्त्री इश्वर पोखरेलले राष्ट्रिय झण्डा ओडाएर श्रदाञ्जली दिएका छन्। घिमिरेको आजै पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि गरिँदै छ।

आज विहान राष्ट्रकवि घिमिरेको पार्थिव शरीरमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् । आज विहान घिमिरेकै निवासमा पुगेर पोखरेलले राष्ट्रिय झण्डा ओढाएका हुन् ।

राष्ट्रकवि घिमिरेलाई श्रदञ्जली दिन उप्रधानमनत्री इश्वर पोखरेल, प्रतिनिधि सभाका सभामुख अग्नी प्रसाद सापकोटा, प्रयटनमन्त्री योगेश भट्टराई, नेपाली कांग्रेसका सभापति पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली कांग्रेसका नेता शशांक कोइराला, संगितकार सम्भुजित बास्कोटा घिमिरे निवास लैनचौर पुगेका थिए।

नेपाली सेनाले अन्तिम सलामी अर्पण गर्नेछ । २०७४ साल फागुन २ गते उनलाई सेनाले मानार्थ ब्रिगेडियर जनरलको उपाधिले सम्मानित गरेको थियो ।

वि. सं. १९७६ साल असोज ७ गते लमजुङको साबिक बाहुनडाँडा गाविसको पुस्तुनमा जन्मेका घिमिरेले कवितासँगै साहित्यका अन्य विधामा पनि कलम चलाएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्