५ वर्षपछि बियरले चल्नेछन् गाडी



सैघाली खबर,

मानिसले मादक पदार्थ सेवन गरी गाडी चलाउन पाउँदैनन् । तर निकट भविष्यमा गाडीलाई नै मादक पदार्थ सेवन गराएर चलाइनेछ ।

शोधकर्ताहरुका अनुसार सन् २०२२ सम्ममा पेट्रोल डिजेलको साटो बियर हालेर गाडी चलाउन सकिनेछ ।

 

बेलायतको ब्रिस्टोल विश्वविद्यालयका वैज्ञानिकहरुले एक यस्तो प्रविधिको विकास गरेका, जसले बियर भरेर गाडी चलाउन पाइनेछ ।

यस प्रविधिमा बियरमा रहेको इथानोललाई ब्युटानोलमा परिणत गरिनेछ । जुन निकै उत्तम इन्धन हो र यसले पेट्रोल तथा डिजेलको विकल्प दिनेछ ।

वैज्ञानिकहरुका अनुसार यद्यपि सबैखाले मदिराजन्य पेय पदार्थमा इथानोल हुने भएतापनि बियरमा इथानोललाई ब्युटानोलमा सजिलैसँग परिवर्तन गरी सवारी साधनमा इन्धनको रुपमा प्रयोग गर्न सकिन्छ ।

शोधकर्ताका अनुसार आउँदो ५ वर्षभित्रमा यस प्रविधिको पूर्णरुपमा विकाश तथा परीक्षण गरी व्यवसायिक प्रयोगमा ल्याउन सकिनेछ । जसबाट गाडीमा प्रयोग हुने पेट्रोलियम इन्धनको विकल्पको रुपमा बियर विस्थापित हुनेछ ।

स्रोत अनलाइन खबर

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्