मलेसियाबाट फेरि चार्टर्ड उडान हुने



काठमाडौं / ०८ भदौ ।
मलेसियाबाट चार्टर्ड उडान फेरि हुने भएको छ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले उद्धार उडान बन्द गर्ने निर्णय गरेपछि रोकिएको उडान सरकारले फेरि सञ्चालन गर्ने निर्णय गरेसँगै हुने भएको हो ।

मलेसियाबाट आउँदो शुक्रबार अर्थात अगष्ट २८ मा हिमालय र नेपाल एअरलाइन्सका गरी दुई उडान हुनेछ भने आइतबार अर्थात अगष्ट ३० मा हिमालय, नेपाल एअरलाइन्स र मलिण्डो एअरले एक, एक वटा उडान भर्ने छन् ।

यो उडानमार्फत कोभिड १९ पीसीआर नेगेटिभ रिपोर्ट भएका यात्रु मात्र नेपाल फर्कन पाउनेछन् । पीसीआरबाहेक अन्य परीक्षण मान्य नहुने दूतावासले स्मरण गराएको छ । रिपोर्ट नेपाल पुग्ने दिनसम्म सात दिनभित्रको हुनुपर्नेछ ।

पहिले पीसीआर परीक्षण गरी नेगेटिभ आएको तर नेपाल पुग्ने दिनसम्म सातदिन कट्ने भएमा फेरि जाँच गराउन दूतावासले अनुरोध गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्