टिकटकका सिइओ केभिन मायरद्वारा राजीनामा



काठमाडौं /११ भदौ।
प्रसिद्ध भिडियो एप टिकटकका प्रमुख कार्यकारी केभिन मायरले राजीनामा दिएका छन्।

टिकटकको स्वामित्वबारे चिनियाँ स्वामीत्वकर्ता कम्पनी बाइटडान्स र अमेरिकी सरकारबीच रस्साकस्सी चलिरहेका बेला केभिनले राजिनामा दिएका हुन्।

ट्रम्प प्रशासनले टिकटकका चीनियाँ स्वामित्वकर्तामाथि एप बेच्न दबाव दिँदै आएको छ। टिकटकका कारण सुरक्षा खतरा पैदा भएको अमेरिकाको तर्क छ।

केही दिनअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले ९० दिनभित्र अमेरिकी कम्पनीको स्वामित्वमा नआएमा टिकटकमाथि प्रतिबन्ध लगाउने धम्की दिएका थिए।

‘पछिल्ला केही सातायता राजनीतिक वातावरणमा द्रुत परिवर्तन देखिएको छ। यस्तोमा‚ कर्पोरेट संरचनामा केकस्ता परिवर्तन जरुरी छ र त्यसले मेरो भूमिकालाई के–कसरी परिभाषित गर्छ भन्नेबारे मैले केही महत्वपूर्ण कार्य गरेको थिएँ’‚ ५८ वर्षीय केभिनले आफ्ना कर्मचारीलाई पठाएको इमेलमा लेखेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्