अत्यधिक स्यानिटाइजरको प्रयोगले बालबालिकामा खतराको सम्भावना



अहिले कोरोना भाइरसबाट बच्न सबैभन्दा बढी प्रयोग भइरहेको छ, मास्क अनि स्यनिटाइजर। घरबाहिर निस्कँदा मास्क लगाउने र बेलाबेलामा हातमा स्यानिटाइजर लगाइरहेका छन्।

तर, के तापाइलाई थाहा छ स्यानिटाइजरको अधिक प्रयोग गर्नु हाम्रालागी हानिकारक हुन्सक्छ ? । विशेषगरी यो कुरा बालबालिकाले अझ बढी ख्याल गर्नुपर्छ । बालबालिकाले स्यानिटाइजरको प्रयोग कति मात्रामा गर्ने ?कयौं अध्ययन अनुसार स्यानिटाइजरको अधिक प्रयोगले बालबालिकाको इम्युनिटी पनि घटाउँछ।

भारतको दिल्लीस्थित लेडी हार्डिङ मेडिकल कलेजका डा मधुर यादवका अनुसार बाहिरी वस्तुको सम्पर्कमा आएपछि स्यानिटाइजरको प्रयोग गर्नुपर्छ। ताकी भाइरस रहेमा नष्ट होस्। बालबालिका घरमै रहन्छन् भने साबुनपानीले हात धुने बानी बसाल्नुस्। स्यानिटाइजरको पनि प्रयोग गर्न सक्नुहुन्छ तर हातमा राम्रोसँग लगाउनुस्।स्यानिटाइजरको बढी प्रयोग गर्दा केमिकल रक्तमा मिसिने सम्भावना हुन्छ। यसले मांसपेशीको अर्डिनेशनलाई क्षति गर्छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्