शुक्रबार दोहाबाट १४२ नेपाली स्वदेश फिर्ता



काठमाडौं /१९ भदौ।
कतारको दोहाबाट शुक्रबार १४२ नेपाली स्वदेश फर्किएका छन् ।

कोरोनाको असहज परिस्थितिमा तत्काल नेपाल फर्कन पर्ने अवस्थाका नेपालीहरु दूतावासको समन्वयमा स्वदेश फर्किएका हुन् ।

दोहाबाट काठमाडौंका लागि हिमालय एयरलाइन्सको एच ५६३२ को उडानबाट ७ महिलासहित जम्मा १४२ जना नेपालीहरू स्वदेश फर्किएको दूतावासले विज्ञप्ति जारी गर्दै जनाएको छ ।

हालसम्म कतारबाट ६ हजार ५२६ नेपाली स्वदेश फर्किइसकेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्