पण्डित चन्द्रकान्त पौडेल लेख्छन् : काखमा कुकुर च्यापेर दलितलाई आँगनमा राखी विभेद किन गरेको ?



गुरुकुलमा जातीय विभेद अन्त्य गरौं सबैले वेद पुराण पढुन् भन्दा बरु मर्न मार्न काटिन सेरिन तयार छौं तर दलित जनजातीलाई गुरुकुलमा पढ्न दिन्नम भन्नेहरूलाई कुनै कारवाही भएको छैन।नदेखिने विश्वकर्माको पूजा गर्ने समाजले देखिने विश्वकर्माको अपमान गरे पछि यो समाज कसरी विकसित हुनसक्छ??बाग्लुङ नगर पालिका वार्ड नं ४ मा मेरा हजुरबाले स्थापना गरेको गुरुकुलमा सबै दलित जनजाती लगायतका सबैले पढ्न पाउनुपर्छ भन्दा सारा फेदीको गाउँ परिवार समाज एकातिर अनि अर्का तिर म छु।यसै कारण घर बाट निक्लेर बाहिर भाडामा बसेको छु।भाडामा घर दिने दाईलाई यसलाई निकाल भनेर दवाब दिने यहिंका पंडितहरू छन् ।मेरै परिवारका किन नहुन् भेदभाव पूर्ण कुरा गर्नेहरूलाई सबका सबलाई लगेर कानुनको दायरामा उभ्याउँछु।मलाई नातावाद कृपावादले छुँदैन No नातावाद NO कृपावाद ।

मेरा परिवारका आमा र श्रीमती बाहेक मलाई लछार पछार पार्दा मार्छु काट्छु भन्दा अनेक प्रकारका गाली गलौच सुनाइरहंदा कोहि बोल्न आएका थिएनन् कोई कोई आएका थिए मास्क लगाएर हेरिरहेका थिए कोहि पौडेलले खुसु खुसु त्यसलाई हान न भनेर अरुलाई puss गरिरहेका थिए तर आज केही पौडेलहरू यौटा डिमान्ड लिएर आए ।आजको पारिवारिक छलफलको निष्कर्ष या त यो गुरुकुलमा जातीय विभेद अन्त्य गरौं सबैले वेद पुराण पढुन् मुद्दाबाट पछि हट नत्र तेरो हाम्रो पानी पिउने धारो फरक भयो।तैंले गर्दा हाम्रा यजमान घटे हामिले कसरी गरिखाने ?सबै संग उठबस गर्ने?आदि आदि के के हुन् हुन्।तंलाई दलित बाहेक कसले साथ देको छ र? तिनले सधैं साथ देलान र?गाउंलेले तेरा कारण हामी संग पानी बार्ने भन्छन् यसो नगर। त्यस्तो पवित्र मन्दिरमा दलित जनजातीलाई पढाउने कुरा नगर।हल्का चर्काचर्की भयो आफ्ना भनाउदा संग गुनासो गरियो र मैले अन्तिममा मेरो निर्णय सुनाइदिएँ अहिले न बुझे पनि पछि बुझ्नेछौ बरु तिमिहरू संग तत्काललाई साइनो तोडेर भए पनि गुरुकुलमा जातीय विभेद अन्त्य गरौं सबैले वेद पुराण पढुन् ।यी जम्मै जातीय आँच लगाउने यसो भन्ने पौडेलहरूलाई पनि सार्वजनिक रूपमा माफी माग्न लगाउने हो ।गलत कुरा सिकेका रैछौं भनेर प्रायश्चित्त पनि गराउने हो विभिन्न पण्डितजीहरूको पनि पालो त छंदै छ ।।भेदभाव पाप हो समानता धर्म हो ..शान्तिपूर्ण तरिकाले परिवर्तन गराउने नै हो ।

जातीय विभेदको अन्त्य गरौं ।वेद र पुराणले जातीय छुवाछूत मान्दैनन् या त जातीय छुवाछूत गलत हो भनेर स्वीकार गर्नु माफी माग्नु आइन्दा छुवाछूत गर्दैनौं भन्नू नत्र अब हिंसात्मक होइन वैचारिक र बौद्धिक युद्ध हुन्छ र म दलितको पक्षबाट लड्नेछु।।जातीय छुवाछूत ठिक हो मन्दिर जस्तो पवित्र ठाउँमा तैंले दमाई कामी ल्याएर पढाउने?बरु गुरुकुल बन्द गरिन्छ तर सार्की कामीलाई पढ्न दिन्नम भन्नेहरू हो कान खोलेर सुन गुरुकुलमा ताला लाग्यो भने त छुवाछूतले झन प्रश्रय पाउँछ त्यसैले तिमीहरूका आँखाका अगाडी यहिं पढ्न चाहने सबैलाई पढाउने नीति नबनाए सम्म म काठमाडौ जान्न जस्तोसुकै खतरा मोल्न तयार छु।साइन्स विषय पनि पढ्न पाउनुपर्छ ।।हेर्दै जाउ तिम्रै आँखा अगाडी गाउँमा परियारको मुखबाट श्रीमद्भागवत महापुराण प्रवचन गराउने छु।यहि मन्दिरमा पुजारी बनाउने छु।अझै पनि जातीय आँच आउने किसिमका कुरा भनिरहेका छन् यस्तो बोल्ने सबका सबलाई कारवाही हुन्छ।लौरो नसमाइकन बाहिर निस्कने वातावरण छैन।अब भने आक्रमण गर्नेहरूलाई मैले पनि बजाइदिने निर्णयमा पुगेको छु।कानुनले कुनै कारवाही गरेन ।प्रशासन मौन छ।।बौलाहा माइलो अब पुरै बोउलायो छुवाछूत मान्नेहरू अरुलाई सानो आफुलाई ठूलो भन्नेहरू अगाडी न आउनु।

गुरुकुलमा जातीय विभेद अन्त्य गरौं सबैले वेद पुराण पढुन्।
भेदभाव पाप हो समानता धर्म हो भन्दै हिन्दु धर्म संस्कृति एवं परम्पराको संरक्षणमा क्रियाशिल संगठन विश्व हिन्दू संगठनले औपचारिक रूपमा नै विभिन्न सम्प्रदाय र परम्पराका आडमा वेद र पुराणको नीति विरुद्ध संस्कृत गुरुकुलमा हुने जातीय विभेद विरुद्ध अभियान प्रारम्भ गरेको छ। नेपाल भरिका गुरुकुलमा विना जातीय भेदभाव सबैले संस्कृत वेद पुराण पढ्न पाउनुपर्छ भन्ने संगठनको एकसूत्रीय माग रहेको छ।

विश्व हिन्दु संगठन दक्षिण एशिया प्रमुख चन्द्रकान्त पौडेलले बुधबार सांझ एक प्रेस विज्ञप्ति जारी गर्दै वेद र पुराणले कुनै पनिजातीय,वर्गीय ,भौगोलिक ,लैंगिक,धार्मिक ,राजनैतिक ,साम्प्रदायिक वा कुनै पनि भेदभावलाई स्वीकार गर्दैनन् तसर्थ वेदलाई आफ्नो धर्मग्रन्थ मान्ने हिन्दुहरूले यस किसिमका विकृति विसंगतिलाई प्रश्रय गर्नु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु हो भन्दै गुरुकुलमा सबै जात जातिले निर्बाध रूपमा पढ्न पाउनुपर्ने कुरा बताए ।

पौराणिक मान्यता अनुसार ऋषिहरुका गुरुकुलमा कुनै जातीय विभेद थिएन उदाहरणस्वरूप क्षत्रीय कुलका राम वशिष्ठको गुरुकुलमा पढ्थे,यादव वंशी कृष्ण बलराम महर्षी सान्दीपनिको गुरुकुलमा पढ्थे ।दासी पुत्र विदुर वैदिक वाङ्म्यका प्रखर वक्ता थिए उनको विदूर नीति प्रसिद्ध छ यस्ता अनेकौं उदाहरणले नेपालमा भैरहेको गुरुकुलको जातीय विभेद अशास्त्रीय,अमानवीय र अव्यावहारिक एवं अवैदिक कर्म हो तसर्थ सरकारले यस विषयमा गम्भीरतापूर्वक विचार गर्नुपर्ने देखिन्छ।

भगत सर्वजीत विश्वकर्मा जगमान गुरुङ काले राई भनिने डा स्वामी प्रपन्नाचार्य सुन्दास दिदि बहिनी क्षत्रीय कुलका योगी नरहरिनाथ फेरि न जन्माउने? आज विश्वभरी हरेक धर्मावलम्बीले वेद पुराण संस्कृत गुरुकुल खोलेर पढेका छन् ।हामिले के सधैं भेदभावलाई प्रश्रय दिने?यसको नीतिगत र व्यवहारिक उत्तर खोज्न जरुरी छ।

बाबुराम भट्टराईलाई तथानाम गाली गर्ने स्वयंलाई हिन्दु भन्नेलाई प्रश्नहरु।
१ काखमा कुकुर च्यापेर दलितलाई आगनमा उभ्याएर किन विभेद गरेको?
२ खोइ त गुरुकुलमा दलितलाई वेद पढाएको?
३ मन्दिर किन पस्न नदिएको?
४ पुजा पाठ गराउने पंडितहरुले खोइ त दलितको घरमा गएर पुजा गरिदिएको ?
५ तर्पण श्राद्ध नगरे पितृ तर्दैनन् भनेर कोलाहल गर्नेहरु हो के दलितका पितृ तार्नु पर्दैन ? कि यो सब ठगी खाने धन्धा हो?

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्