कसरी चिन्ने उपयुक्त स्यानिटाइजर ?



काठमाडौं / २३ भदौ।
कोरोनाभाइरस महामारी सुरु भएयता विश्वभरि यो रोगसँग जुध्न तीनवटा सामान्य विधि विश्व स्वास्थ्य सङ्गठन र धेरै देशका सरकारहरूले अघि सारिरहेका छन्। नेपाल सरकारले पनि एसएमएस भनेर सामाजिक दूरी, मास्कको प्रयोग अनि बेलाबेला साबुन वा स्यानिटाइजरले हात सफा गर्न आह्वान गरिरहेको छ।

नेपालसहित कैयौँ देशलाई कोभिड-१९ को खोप किन्न युनिसेफले सघाइदिने तर बाहिर निस्किँदा साबुनपानी प्रयोग गर्न सम्भव नहुने हुँदा तत्काल हात सफा गर्न स्यानिटाइजर उचित मानिन्छ।

कसरी चिन्ने उपयुक्त स्यानिटाइजर ?
तर के बजारमा पाइने जुनसुकै स्यानिटाइजर प्रभावकारी छन् त? यसबारे नेपालमा कुनै विस्तृत अनुसन्धान त भएको छैन तर मुख्य नियामक निकाय औषधि व्यवस्था विभागले गर्दै आएको निरीक्षण अनुगमनमा कतिपय स्यानिटाइजर गुणस्तरहीन हुनसक्ने पाइएको छ।

-अल्कोहलको मात्रा जाँच्नुहोस्: कुनै पनि स्यानिटाइजर किन्दा त्यसको लेबल हेरेर त्यसमा अल्कोहलको मात्रा ७०-८० प्रतिशत भएको खण्डमा मात्र किन्नुपर्छ

-दर्ता: नियामक निकाय औषधि व्यवस्था विभागमा दर्ता भए वा नभएको पहिल्याउनुपर्छ

-रङ्गरूप हेर्नुपर्छ: झट्ट हेर्दा खेरि नै त्यसमा अन्य मिसावट भए वा नभएको निर्क्योल गर्नुपर्छ

अहिलेको अवस्थामा सरसफाइबारे विशेष ध्यान दिनुपर्ने हुनाले स्यानिटाइजरको महत्त्व अत्यधिक बढिरहेको छ। हाम्रा नियामक निकायहरूले यसको गुणस्तर र प्रभावकारिताबारे पनि ध्यान दिइरहनुपर्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्