आजको मौसम : तिन ओटा प्रदेशमा भारि बर्षाको संवाभना



काठमाडौं /२६ भदौ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मनसुनको न्यून चापीय रेखा औसतभन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ । यसैगरी पश्चिम बंगालमा न्यून चापिय क्षेत्रमा अबस्थित छ।

प्रदेश १ ,बागमती प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

जारी मौसम पूर्वानुमानका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली भई केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र गण्डकी प्रदेशका एकरदुई स्थानमा भारी वर्षा भईरहेको छ ।

यसैगरी, महाशाखाले दिउँसो देशभर सामान्यतयादेखि पूर्ण बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । भने, प्रदेश १ , प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति, देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्