मेस्सी बार्सिलोनको पहिलो खेलमा सहभागी



एजेन्सी /२८ भदौ ।
क्लब छाडेर जाने प्रयास असफल भएयता लियोनेल मेस्सीले बार्सिलोनाका लागि पहिलो खेलमा सहभागिता जनाएका छन् ।

उनले जिम्नास्टिक डे टारागोनाविरुद्धको मैत्रीपूर्ण खेलमा खेलेका हुन् ।

३३ वर्षीय अर्जेन्टिनी फरवार्डले गत अगस्तमा क्लब छाड्ने इच्छा व्यक्त गर्दै बार्सिलोनालाई ट्रान्सफर रिक्वेस्ट पठाएका थिए ।

तर, कुनै पनि क्लबले उनको ७० करोड यूरोको रिलिज क्लज पूरा गर्न नसक्ने भन्दै क्लबमा नै रहने बताएका थिए ।

तेस्रो डिभिजनको क्लबबिरुद्ध ३–१ को जीत निकाल्ने क्रममा मेस्सीले खेलमा कप्तानी गरेका थिए । उनले हाफ टाइमसम्म खेलेका थिए ।

बार्सिालेनाले २७ सेप्टेम्बरमा भिल्लेरियालविरुद्ध खेल्दै ला लिगाको नयाँ सिजनको सुरुवात गर्नेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्