आईपीएल खेल्न सन्दीप यूएईमा



काठमाडौं /३० भदौ।
यही सेप्टेम्बर १९ देखि यूएईमा सुरु हुने इन्डियन प्रिमियर लिग आईपीएल २०२० खेल्नका लागि नेपाली क्रिकेटर सन्दीप लामिछाने यूएई पुगेका छन् ।

सन्दीप दिल्ली क्यापिटल्समा आवद्ध छन् । उनले पछिल्लो दुई सिजन दिल्लीका लागि खेलेका थिए ।

ट्रिनिडाड एण्ड टोबागोमा भएको क्यारेबियन प्रिमियर लिग सीपीएल खेलेर उतैबाट सन्दीप यूएई गएका हुन् । सन्दीप सोमबार यूएई पुगेका हुन् ।

दिल्ली फ्रेन्चाइजले सन्दीप यूएई आइपुगेको जानकारी दिँदै उनलाई स्वागत समेत गरिसकेको छ । आइतबार नै जाने तय भएको भए पनि उडान छुटेपछि सन्दीप एकदिन ढिला यूएई पुगेका हुन् ।

सन्दीप अब होटल क्वारेन्टिनमा बस्नेछन् । उनले क्वारेन्टिनमा बस्नुपरेपनि कुनै समस्या नभएको भन्दै गिटारसहितको पोटो समेत पोष्ट गरेका छन् ।

यस्तै सन्दीपले टिमको प्रशिक्षणमा सहभागी हुनका लागि अब कोरोना परीक्षण गराउनुपर्नेछ । दुई पटक कोरोना नेगेटिभ आएपछि मात्र उनले टिमको प्रशिक्षणमा सहभागी जनाउनेछन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्