पहिले जेठि श्रीमतीको हत्या, जेलबाट छुटेपछि झट्केलि छोरी बलात्कार



दाङ /०१ असोज ।
जिल्लामा १३ बर्षीया बालिका बलात्कार भएकी छिन् । बंगलाचुली गाउँपालिका–२ मर्पेस निवासी ति बालिका आफ्नै झट्केलो बुबाबाट यौन शोषणमा परेकी हुन् ।

पीडित पक्षले बुधवार घोराहीमा पत्रकार सम्मेलन गरेर घटनाबारे जानकारी गराएको हो । पीडित पक्षका अनुसार उक्त व्यक्तिले विगत २ बर्षदेखि बालबालिकालाई यौन शोषण गर्दै आएका थिए ।

डरधम्कीका कारण घटना बाहिर भन्न नसकेका उनीहरुले पटक पटक बालिकामाथि यौन शोषणका क्रियाकलापहरु हुन थालेपछि प्रहरीमा उजुरी दिएको पत्रकार सम्मेलनमा पीडित बालिकाको परिवारले बताए।

बालिका दुई बर्षदेखि पटक पटक यौन शोषणमा पर्दै आएकी रहिछ, तर डरका कारण हामीलाई भन्न नसकेकी रहिन्छ,’ पीडित बालिकाकी आफन्तले भने । यौन शोषणका कारण बालिकाकमा शारीरिक तथा मानसिक समस्या समेत देखा परेको छ ।

पीडित पक्षको उजुरी दिएपछि ६२ बर्षीय अभियुक्तलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आरोपित यसअघि जेठी श्रीमतीको हत्या गरि कैद भुक्तानी गरि निस्किएका व्यक्ति हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्