बिवहामा ज्वाइँलाई विषालु सर्प दाइजो



काठमाडौँ /५ असोज।

नयाँदिल्ली-भारतमा एउटा यस्तो समुदाय छ जहाँ छोरीको बिहेमा २१ वटा विषालु सर्प दाइजोको रुपमा दिनुपर्दछ ।मध्यप्रदेश प्रान्तमा बस्ने गौरिया समुदायमा उक्त प्रचलन रहेको छ । सो समुदायमा छोरीको बिहेका बेला नयाँ ज्वाइँलाई दाइजोको रुपमा २१ व्टा विषालु सर्प दिइन्छ ।गौरिया समुदायमा उक्त परम्परा सदियौँदेखि चलिआएको छ । यदि बिहेमा सर्प दाइजो नदिएमा छोरीको वैवाहिक सम्बन्ध छिट्टै नै टुट्दछ भन्ने आम विश्वास उक्त समुदायमा रहिआएको छ ।

गौरिया समुदायका मानिसहरु आफ्नो छोरीको बिहेको टुंगो लागेसँगै दाइजोमा दिइने सर्प खोज्न सुरु गर्दछन् । दाइजोमा दिइने सर्पहरुमा विभिन्न खतरनाक प्रजातिका विषालु सर्पहरुसमेत हुन्छन् ।सो समुदाय सर्पसँग रत्तिभर डराउँदैन । बच्चाहरूसमेत सानैदेखि सर्पसँग खेल्दछन् र नडराइकन सर्प समाउने गर्दछन् । उसो त यो समुदायको मुख्य पेसा नै सर्प पक्रिने हो । सर्प समाएर मानिसहरूलाई देखाउने र नचाउने गरेरै उनीहरुले पैसा कमाउँछन् र जीविकोपार्जन गर्दछन् ।

उनीहरु सर्पलाई निकै माया तथा सम्मान गर्दछन् ।यदि आफूले पालेको सर्प मर्‍यो भने पूरै परिवारका व्यक्तिहरुले कपाल मुण्डन गरेर शोक मनाउने र समुदायका सबै मानिसहरुलाई बोलाएर पितृ भोज गर्दछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्