बालुवाटारमा ओली-दाहालबीच भेट, के भयो कुराकानी ?



असोज ५, काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबारको लागि तय गरिएको सचिवालय बैठकबारे छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मंगलबारको बैठकबाट मन्त्रिपरिषद् पुनर्गठनको विषय, राजनीतिक तथा संवैधानिक नियुक्तिका लागि बनाउने मापदण्ड लगायतको टुंगो लगाउने सहमति भएको बताइएको छ।

त्यस्तै, पार्टी एकताका बाँकी कामहरूको टुंगो लगाउने योजना पनि सचिवालयले गर्नेछ।

सोमबार १ बजेका लागि तय भएको सचिवालय बैठक मंगलबार साढे १२ बजे सम्मका लागि स्थगित भएको छ । आइतबार पेरिस डाँडामा बसेको सचिवालय बैठक बसेको थियो ।

मंगलबारको बैठक भने बालुवाटारमा बस्दैछ । पेरिस डाँडामा भीडभाड बढी भएकाले बालुवाटारमै बैठक सारिएको बताइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्