घोडाघोडी नगरपालिकाले सबै वडामा प्राविधिकहरु खटाउने



कैलालीको घोडाघोडी नगरपालिकाले सबै वडामा प्राविधिकहरु खटाउने भएको छ । समयमै योजनाको स्टिमेट दिन र काम शुरु गर्न समस्या भइरहेको भन्दै नगरका १२ वटै वडामा एक/एक जना प्राविधिक तोकिएका हुन् ।
यसअघि प्रत्येक वडाका योजनाको स्टिमेट र अनुगमन नगरपालिकाबाटै गर्दा उपभोक्ता समितिलाई समयमै योजनाको स्टिमेट दिन र काम शुरु गर्न समस्या भइरहेको हुँदा स्थानीयको सुविधाको लागि वडामै प्राविधिक राख्ने निर्णय गरेको घोडाघोडी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र बहादुर सिंहले जानकारी दिए ।
जनताको सेवा घरदैलोमा पुर्‍याउने उदेश्यले नगरपालिकाले प्रत्येक वडामा कामको विभाजन गरि प्राविधिक खटाइएको सिंहले जानकारी दिए । योजना निर्माण गर्दा गुणस्तरीय परिक्षण तथा निर्माणाधीन योजनाको अनुगमनका लागि वडामै प्राविधिक खटाइएको छ । सिंहले भने,” कुनै पनि योजनाहरु निर्माणाधीन चरणमा अनुगमन गरियो भने समयमै सुधार गरि योजनाहरु बलियो र गुणस्तरीय बनाउन सकिन्छ । “
कुनैपनी योजना बन्दा सम्बन्धित वडाबाटै स्थलगत अनुगम गरि स्टिमेट बनाउन सकिने तथा योजना सम्पन्न हुँदा पनि त्यहीँका प्राविधिकले स्थलगत अनुगमन गरिने सिंहले जानकारी दिए । कामको मुल्यांकन तथा प्राविधिकको कमिले अहिले कुनै वडामा एक जना प्राविधिकले दुई वटासम्म वडाहरु हेर्न मिल्ने गरि विभाजन गरिएपनी आवस्यकता अनुसार थपिदै लैजाने सिंहले बताए ।
समयमै योजनाको अनुगमन भएन तथा अन्तिममा आएर रकम कटाएर योजना पास गरिन्छ भन्ने स्थानीयहरुको गुनासो बढी आएकोले वडामै प्राविधिक खटाइएको घोडाघोडी नगरपालिकाका उप प्रमुख तथा अनुगमन समितीको संयोजक प्रेम कुमारी थापाले जानकारी दिइन । थापाले वडामै प्राविधिक राखियो भने उपभोक्ता समितिले नबुझेका सबै कुराहरुलाई राम्रोसँग बुझेर निर्माणको काम गर्न सहज हुनुका साथै उपभोक्ता समितिको समय समेत बचत हुने बताइन् ।
आफ्ना वडामा निर्माण हुन लागेका प्रत्येक योजनाहरुको अनुगमनका साथै गुणस्तरीय बनेको छ या छैन भन्ने कुराको ख्याल राखी समयमै सचेत गराउनको लागी स्थानीयहरुलाई नगरपालिकाले आग्रह समेत गरेको छ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्