बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु



काठमाण्डौं । मन्त्रिपरिषद् बैठक अहिले सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो । सत्तारुढ नेकपाको सचिवालय बैठक बस्नु अघि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । आइतबार बसेको नेकपाको सचिवालय बैठकले मन्त्रिमण्डल पुनर्गठन गर्ने निर्णय गरेको हो ।

नेकपाको सचिवालय बैठक दिउँसो साढे १२ बजे बालुवाटारमा बस्ने तय भएको महासचिव विष्णु पौडेलले जानकारी दिएका छन् । आइतवारको सचिवालय बैठकमा मन्त्रिमण्डलमा कसलाई पठाउने भन्ने विषयमा छलफल नभए पनि मापदण्डका विषयमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्