मौसम बारे मौसम विज्ञान विभागको भविष्यवाणी



काठमाडौं । जल तथा मौसम विज्ञान विभागले केही दिनलाई झरीको सम्भावना नरहेको  जनाएको छ । आइतबारसम्म प्रदेश नं. १ मा रहेको झरी हटेको मौसमविद राजु प्रधानाङ्गले बताए ।

उनका अनुसार मनसुन निस्क्रिय हुँदै गएको छ । “मनसुन सकियो भन्न त सकिँदैन । तर निस्क्रिय हुँदै गएको छ । अबको तीन दिन मनसुन सक्रिय हुने देखिँदैन ।” मनसुन सक्रिय नभएकाले आउँदो तीन दिन आंशिक बदली भएर क्षणिक वर्षा भए पनि झरी भने नपर्ने उनी बताउँछन् ।

आज दिउँसो प्रदेश नं १, वागमती प्रदेश, गण्डकी प्रदेश र ५ नं. प्रदेशमा सामान्य बदली रही थोरै स्थानमा हल्का वर्षा तथा बाँकी प्रदेशमा आंशिक बदलीको सम्भावना रहेको विभागको भनाइ छ ।

विभागका अनुसार आज राति प्रदेश नं १ र गण्डकी प्रदेश मा सामान्य बदली रही थोरै स्थानमा हल्का वर्षा तथा बाँकी प्रदेशमा आंशिक बदलीको सम्भावना रहेको छ ।

सामान्यतः सेप्टम्बर २३ मा नेपालमा मनसुन अन्त्य हुने भए पनि यो वर्ष मनसुन केही लम्बिएको छ । विभागका अनुसार अझै केही दिन मनसुन सक्रिय रहने छ ।

३० वर्षको सक्रिय मनसुनको अवधीका आधारमा औषतमा नेपालमा सेप्टेम्बर २३ सम्म मनसुन सक्रिय रहन्छ भन्ने तथ्यांक निकालिएको हो । तर पछिल्लो ५ वर्षको तथ्यांक अनुसार मनसुन केही साता पछिसम्म सक्रिय रहेको देखिन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्