कुवेतका राजा शेख शबाह अल अहमदको निधन



कुवेत । कुवेतका राजा शेख शबाह अल अहमदको निधन भएको छ। ९१ वर्षिय शबाहको अमेरिकाको अस्पतालमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।


लामो समयदेखि बिरामी रहेका उनी जुलाईमा उपचारका लागि अमेरिका गएका थिए। सन १९२९ मा जन्मिएका उनी १९६३ देखि २००३ सम्म ४० वर्ष विदेशमन्त्रीको रुपमा काम गरेका थिए। उनी सन २००६ मा कुवेतका राजा बनेका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्