श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको माग गर्दै विभिन्न सञ्चारगृहमा पत्रकार तथा कर्मचारीको धर्ना

माग पुरा नगरेमा कडा संघर्ष गर्ने चेतावनी


२२ असोज, काठमाडौं । कोरोना महामारी र त्यसका कारण आर्थिक समस्या आएको कारण देखाउँदै देशकै ठूला र आर्थिक रुपमा समेत प्रतिष्ठित मिडिया गृहहरुले लामो समयदेखि कार्यरत श्रमजीवी पत्रकार तथा कर्मचारीहरुलाई कामबाट निकाल्ने, तलब कटौती गर्ने, दुख दिने खालका गतिविधिहरु गरिरहेको भन्दै पत्रकार तथा कर्मचारीहरु आन्दोलीत भएका छन ।

सञ्चार गृहका पीडित पत्रकार, कर्मचारी संयुक्त संघर्ष समिति र नेपाल पत्रकार महासंघ श्रमजीवी हित प्रवद्धन समितिको संयुक्त आयोजनामा उक्त आन्दोलन अघि बढेको हो । त्यहि क्रममा आज अन्नपूर्ण दैनिक र कान्तिपुर टेलिभिजनमा पत्रकार तथा कर्मचारीहरुको धर्ना कार्यक्रम सम्पन्न भएको छ ।

श्रमजीवी वर्गको हक, हित र अधिकारको पक्षमा क्रियाशिल पत्रकार संगठन प्रेस सेन्टर नेपाल, क्रान्तिकारी पत्रकार संगठन नेपाल, क्रान्तिकारी पत्रकार महासंघ, प्रगतिशिल पत्रकार संघ, विभिन्न ट्रेड युनियनहरु लगाएत दजर्नौ संघ, संगठनहरुको एक्यवद्धतामा उक्त कार्यक्रम भएको थियो ।

दिउँस करिब तीन बजेतिर तिनकुने गैह्रीगाउँिस्थत अन्नपूर्ण पोष्टमा र चार बजेतिर कोटेश्वर सुविधानगरस्थित कान्तिपुर टेलिभिजनमा एक घण्टे धर्ना गरिएको थियो । उक्त कार्यक्रममा दर्जनौ संघ, संगठनमा आवद्ध मानिसहरुको ठूलो संख्यामा सहभागिता रहेको थियो ।

कार्यक्रमका अधिकाशं वक्ताहरुले श्रमजीवी पत्रकार ऐनमा गरिएको व्यवस्था अनुसार सबै मिडिया गृहहरुले श्रमजीवी पत्रकार र कर्मचारीको व्यवस्थापन गर्नुपर्ने धारणा राखेका थिए । उनीहरुले राज्यलाई कडाईका साथ ऐन कार्यान्वयन नगर्ने सञ्चारगृहलाई कार्वाहीको प्रकृया लिन आग्रह समेत गरे ।

कार्यक्रममा बोल्दै प्रेस सेन्टर नेपालका अध्यक्ष लोकराज जैसीले श्रमजीवी तथा कलमजीवीहरुमाथिको अन्याय मुलत राज्यव्यवस्थाका कारण उत्पन्न भएको भन्दै श्रममिकवर्गको हक, हितको आन्दोलनमा आफ्नो संगठनले आफ्नो स्थापनाकालदेखि नै नेतृत्व गर्दै आएको बताए । उनले न्यायोचित आन्दोलनमा आफ्नो संगठनको सधैं समर्थन र एक्यवद्धता रहने प्रतिवद्धता समेत जनाए ।

उनले इतिहासमा न्यायोचित आन्दोलनले मालिक तथा सामन्तिवर्गलाई घुडा टेकाउन सफल भएको र कहिल्यै नहारेको भन्दै श्रमजीवी पत्रकार तथा कर्मचारीहरुको आन्दोलनले समेत जित्ने ठोकुवा गरे । उनले शान्तिपूर्ण ढंगले अघि सारिएका मागहरु सम्बन्धीत निकायले पुरा नगरि अटेर गरेमा आवश्यकताले कडा खालका संघर्षका कार्यक्रमको रुपरेखा कोर्ने भन्दै चेतावनी समेत दिए ।

त्यस्तै उक्त कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य समेत रहेका क्रान्तिकारी पत्रकार संगठन नेपालका उपाध्यक्ष जन्मदेव जैसीले समेत अघि सारिएका मागहरु सम्बन्धीत मिडिया गृहले पुरा नगरेमा अर्को चरणमा थप कडाईका कार्यक्रमहरु गर्न बाध्य हुने भन्दै चेतावनी दिएका थिए ।

उनले विभिन्न मिडियामा कार्यरत पत्रकार तथा कर्मचारीहरुको मिडिया मालिकले पेटमा लात हानेको र श्रम ऐनको ठाँडो उल्लंघन गरेको भन्दै त्यस्ता गतिविधिहरु तत्काल रोक्न आग्रह गरे । उनले धेरै पत्रकार र कर्मचारीहरु मिडिया मालिकको कारण बेरोजगार भएको, तलब नपाएको, कटौती गरिएको र कतिपयलाई अनावश्यक दुख दिन दुर्गममा सरुवा गरेको भन्दै त्यसको विरोधमा महासंघले आन्दोलनको सक्रिए नेतृत्व गर्ने बताए ।

त्यस्तै प्रमख अतिथिको आसनबाट बोल्दै महासंघका सचिव प्रकाश थापाले पत्रकार महासंघले श्रमजीवी पत्रकारहरुको आन्दोलनलाई सधैंव अगुवाई गरिरहेको भन्दै जारी आन्दोलनलाई निर्णायक बनाउँन महासंघले पुरै भूमिका खेल्ने बताए ।

उनले राज्यको लाचारीपनका कारण स्मजीवी ऐनको कार्यान्वयन हुन नसकेको र त्यसैका कारण अहिले पत्रकार र कर्मचारीहरुले दुख पाइरहेको बताए । उनले मिडिया हाउसहरुले आन्दोलनबाट उठाईएका न्यायोचित मागहरु पुरा गर्ने प्रतिवद्धता गर्नुपर्ने धारणा राखेका थिए ।

उक्त कार्यक्रममा संयुक्त ट्रेड युनियन संघर्ष समितिको तर्फबाट बोल्दै अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका महासचिव वसन्त बोगटीले श्रममिक र मालिक बिचको अन्तरत्रिरोधको समस्या पुरोनो भएको भन्दै श्रमिकमारा मालिक र सामन्ति, पुजिँवादी व्यवस्थाका विरुद्ध निर्णायक संघर्ष गर्नुपर्ने बताए ।

उनले वर्तमानको समस्या रुपमा मिडिया मालिकको कारण उत्पन्न भएको जस्तो देखिएपनि सारमा त्यो समस्या मुलुकमा विद्यमान दलाल संसदवादी राज्यव्यवस्थाका कारण भएको भन्दै त्यसको दिर्घकालिन समाधानको लागि न्योचित व्यवस्था निर्माणको अभियानमा सबै जुट्नुपर्ने बताए ।

धर्ना कार्यक्रम संघर्ष समितिका संयोजक, पत्रकार धर्मेन्द्र कर्णको अध्यक्षतामा भएको थियो । कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष लोकराज जैसी, प्रगतिशिल पत्रकार संघका निर्वतमान अध्यक्ष नारायण शर्मा, प्रेस नेपालका उपमहासचिव देवेन्द्र खापुङ, नेपाल प्रेस युनियन काठमाडौंका अध्यक्ष जगनाथ दुलाल, राष्ट्रिय फोटो पत्रकार समूहका महासचिव प्रदिपराज वन्त, कान्तिपुर टेलिभिजन कर्मचारी संघका अध्यक्ष निर्मला बस्नेत लगाएतले एक्यवद्धता जाहेर गरेका थिए ।

त्यस्तै समाजवादी ट्रेड युनियनका उप महासचिव गोकर्ण अधिकारी, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका महासचिव वसन्त बोगटी, अखिल नेपाल ट्रेड युनियनका इन्चार्ज कृष्णहरी भट्ट, प्रगतिशिल नेपाल स्वतन्त्र ट्रेड युनियनका अध्यक्ष केदार गिरी लगाएतले समेत आन्दोलनमा एक्यवद्धता जनाएका थिए ।

त्यस्तै संघर्ष समितिले श्रमशोषक सञ्चारगृहहरुको रुपमा अन्नपूर्ण, कान्तिपुर, नागरिक, कारोबार, नेपाल आज लगाएतका देशका ठूला सञ्चार गृहहरुको नामै किटान गरेर संघर्ष गर्ने यसअघि नै घोषणा गरिसकेको छ । त्यहि क्रममा भोलि दिउँस २ बजे कान्तिपुर दैनिकमा र ३ बजे कारोबार मिडियामा समेत एक घण्टे धर्ना गर्ने बुझिएको छ ।

एक दिने धर्नाको कार्यक्रमसँगै संघर्ष समितिले पत्रकार तथा श्रमजीवी कर्मचारीहरुको पुर्नवाहलीका साथै विभिन्न सात बुंदे मागहर संघर्ष समितिले तपसिलका मागहरु अघि बढाएको छ ।
१) कोभिड–१९ को बहानामा जबर्जस्ती निष्काशन गरिएका पत्रकार, कर्मचारीलाई निःशर्त तत्काल पुनर्बहाली गर ।
२) सरकारले तोकेको पारिश्रमिक अनिवार्य उपलब्ध गर ।
३) बाँकी रहेको बक्यौता रकम तत्काल भुक्तानी गर ।
४) जबर्जस्ती राजिनामा दिन बाध्य पार्ने, बदनियतपूर्वक गरिएका सरुवा खारेज गर । बेतलवी बिदामा राख्ने कार्य तत्काल बन्द गर ।
५) ६ महिना काम गरिसकेका श्रमजीवीलाई अनिवार्य स्थायी नियुक्ति पत्र उपलब्ध गर ।
६) श्रमजीवी ऐनको पूर्ण कार्यान्वयन नगर्ने सञ्चार गृहलाई कानुन अनुरुप कार्वाही गर ।
७) श्रमिकहरुलाई करचुक्ता प्रमाण पत्र उपलब्ध गर ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्