कोरोना सन्क्रमित एक चिकित्सकको भोगाइ…



शुरुमा मलाइ गर्मी भयो! खलखली पसिना ले भिजे! जिउ सिरिङ सिरिङ भयो! त्यसपछी ज्वरो आयो ! १०२-१०३ डिग्रीको। मुटुको गति बढ्यो, करङका जोर्नी दुख्न थाल्यो,छाती को अगाडि पट्टि, त्यसपछी पेटको माथिल्लो भाग ग्यास्टिक भए जसरी नि दुख्यो, प्यान्टप खाए नि कम भएन।

त्यसपछी अक्सिजन नापेको त ८९ सम्म पुग्यो, अब म कोरोना भएको सुनिस्चित भएँ। रातभरी पसिना ले ६-८ पटक नुहाए होला! ज्वरो सिटामोलले घटाउदैन।

उठेर बस्न नि नसकिने गरि थकावट मसशुस भएको छ, जिउ ले जता थिच्यो त्यतै दुख्या छ, रातभरी निन्द्रा नै आएन। सुत्न नसकेको हैन कि निन्द्रा नै आएन।

भोलि पल्ट बिहान पिसिआर दिए र कोभिड इमर्जेन्सी मा भर्ना भए,मेरो अक्सिजन घटेको कुरो डिपार्ट्मेन्टमा जानकारी गराएँ। कोभिड क्लिनिकल कोअर्डिनेटर डाक्टर बिमल पाण्डेले तुरुन्त इमर्जेन्सी लिएर जानू भयो। कोभिड इमर्जेन्सीमा मेरो कोभिड प्यानल चेक गराए, एउटा एक्सरे र इसिजी गराएँ।

अब त्यो प्यान्टप्राजोल आइ भि अनि hyoscine iv दिनु भयो किनकी मेरो epigastric pain ग्यास्टिक जस्तै भै रहेको थियो। त्यसपछी मलाइ कोभिड सस्पेक्ट मा सिफ्ट गरियो।

मलाइ धेरै नै थकाइ महशुस भएको थियो। फेसबुक मा स्टाटस लेख्दा नि बिच मै होस, लेख्दिन भन्दै डिलिट गरे। रेस्ट गरे, oximeter आफै लिएर आएको थिए! साथमा thermometer पनि। मलाइ लक्षण मा सुधार भएन। सिटामोल ले नि ज्वरो घटाएन, ग्यास्टिक दुखेको घटेन!

मैले oxygen हेरे! 91-93 fluctuate भै रह्यो,लु बर्बाद यो सबै लक्षण अक्सिजन को कमीले हो, अब मैले सिस्टर लाई nasal prong मगाए र अक्सिजन जोडे।

१५ – २० मिनेट अक्सिजन लगाए पछि मलाइ धेरै ठिक भयो! मेरो अक्सिजन 96 भन्दा बढी थियो! ग्यास्टिक देखि अरु सबै दुखाइ ठिक भयो। म लगभग ३ बजे मस्त निदाएछु।

६ बजे डा. आशिस श्रेष्ठको फोन आएछ,तपाइको रिपोर्ट पोजिटिभ आयो, Dr. Yagya Pokharel पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक हुनुहुन्छ ।

-यज्ञ पोखरेल

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्