हाल देशभर मौसम सामान्यतया सफा, आगामी तीन दिनको मौसम पूर्वानुमान



हाल देशभर मौसम सामान्यतया सफा रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

असोज २४ गते (शनिबार)

दिउँसोः प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश मा आन्शिक बदली रहने तथा बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आन्शिक बदली रहने तथा बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

असोज २५ गते (आइतबार)

दिउँसो : प्रदेश १ मा सामान्यतया बदली रहने तथा बाँकी भू-भागमा आन्शिक बदली रहने छ । प्रदेश १ का थोरै स्थानहरुमा र बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : देशको पहाडी भू-भागहरुमा आँशिक बदली रही बाँकि भूभागको मौसम सामान्यतया सफा रहने छ । देशको पहाडी भू-भागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

असोज २६ गते (सोमबार)

दिउँसो : देशको पहाडी भू-भागमा आन्शिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशको पहाडी भू-भागको थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : देशको प्रदेश १ मा आन्शिक देखि सामान्य बदली तथा बाँकी प्रदेशहरुमा आन्शिक बदली रहने छ । प्रदेश १ र प्रदेश २ को थोरै तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्