सुनका गहना लुटपाट : ट्याक्सी चालकदेखि गेष्ट हाउस सञ्चालकसम्म संलग्न



काठमाडौं /२५ असोज।
काठमाडौंबाट सुनका गहना तथा नगद चोरी गरेको आरोपमा प्रहरीले शनिबार राति सात जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङ घर भई हाल काठमाडौं म्हेपी बस्ने २९ वर्षीय विष्णु ढकाललगायत सात जना रहेको प्रहरीले जनाएको छ।

काठमाडौं महानगरपालिका-१६ नयाँबजारस्थित धारा गल्लीमा काभ्रे भुम्लु-४ घर भई हाल काठमाडौं कपुरधारा बस्ने ३७ वर्षीय सूर्य तामाङको आधा तोला सुनको औंठी र नगद २६ हजार ६०० रूपैयाँ लुटपाट गरेको आरोप उनीहरूमाथि लागेको थियो।स्कुटरमा आइरहेको अवस्थामा ढकालले चलाएको बा २ ज १२२५ नम्बरको ट्याक्सीमा सवार अपरिचित व्यक्तिहरूले तामाङको उक्त नगद र औंठी लुटपाट गरी फरार भएको प्रहरीले जनाएको छ।

उक्त खबर प्राप्त भएपछि महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले टोखा नगरपालिका-९ मिलनटोलस्थित नमस्ते गेष्ट हाउसबाट उक्त नम्बरको ट्याक्सी, ट्याक्सी चालक, गेष्ट हाउस सञ्चालकलगायत सात जनालाई फेला पारी पक्राउ गरेको हो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्