‘फ्री भिसा फ्री टिकट’ भन्ने अनि सरकार आफैंले विभिन्न बाहानामा बढि शुल्क लिने : उपाध्यक्ष कमल तामाङ (भिडियो)



सीता रेग्मी,काठमाडौं /२६ असोज।
कोरोना महामारीका कारण लाखौँ मजदुर बेरोजगार बनेका छन्। स्वदेश तथा बिदेशका लाखौ मजदुर अलपत्र परेका छन्। विभिन्न सस्था तथा समाजसेवीहरुले भोका पेटहरु भरिरहेका छन् तर सरकार मौन छ।

बैदेशीक रोजगार ठप्प छ। होटल तथा पर्यटन क्षेत्र बन्द छ। शैक्षिक सस्था तथा कन्चल्टेन्सी बन्द छन् रोगले मर्ने अवस्था भएर नेपाल फर्केका मजदुर भोकले फेरी विदेश जादै छन्।

‘फ्री भिसा फ्री टिकट’ भन्ने अनि कामदारबाट लाखौँ असुल्ने प्रवृत्ति देखिएको छ तर नेपाल म्यानपावर व्यवसायी संघका बरिष्ठ उपाध्यक्ष कमल तामाङ सरकारले नै विभिन्न बाहानामा बढी सुल्क लीइ रहेको बताउछन। स्ट्यामिङमा ८ हजार, मेडिकलमा ५५ सय जेयस्टिमा ३५ सय श्रम स्वीकृतिको कटिब सात हजार, ओरेन्टेसनको ७ सय गरि टिकट बाहेक मात्रै २५/२६ हजार हुन आउछ अब हामीले कसरि १० हजार मात्रै लिएर पठाउछौ भन्दै जंगिए।

यस्तै वैदेशिक रोजगारसँग सम्बन्धित रहेर कमल तामाङसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्