करेन्ट लागेर एकको मृत्यु



सैघाली खबर

दाङ १३ पुस । तुलसीपुरमा करेन्ट लागेर एक ब्यक्तिको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका ६ टरिगाउँ निबासी बिष्णु बस्नेतको घरमा झ्यालको पल्ला ठोक्ने क्रममा सल्यान कालिमाटिका २७ बर्षीय धर्मराव सुनारको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । बिहिबार बिहान ११ बजेतिर करेन्ट लाग्दा घाईते भएका उनको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । उनको साढे १२ बजेतिर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्