आजदेखि भर्चुअल माध्यमबाट पृतनापति सम्मेलन सुरु,प्रधानमन्त्री ओलीद्वारा उद्घाटन



काठमाडौं /०२ कात्तिक।
नेपाली सेनाको पृतनापति सम्मेलन सुरू भएको छ। प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गरेका छन्।

मुलुकको शान्ति सुरक्षादेखि कोभिड-१९ को प्रतिकार्यमा भएको गतिविधिबारे समीक्षा गर्न आजदेखि भर्चुअल माध्यमबाट सम्मेलन सुरू भएको हो।

सम्मेलन तीन दिनसम्म सञ्‍चालन हुनेछ। सम्मेलनमा ८ जना पृतनापतिहरूले आ-आफ्नो कार्यक्षेत्रमा भएका उपलब्धि, चुनौती र समाधानका गर्नुपर्ने काम समेटिएको विषयमा रिपोर्टिङ गर्ने सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए।

मुलुकको शान्ति सुरक्षादेखि कोभिड-१९ को प्रतिकार्यमा भएको गतिविधिबारे सहभागीहरूबीच समीक्षा हुने नेपाली सेनाले जनाएको छ। सेनाले ६/६ महिनाको अन्तरमा पृतनापति सम्मेलन गर्दै आएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्