अब यी व्यक्तिले मात्र कोरोनाको निःशुल्क उपचार पाउने



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको निःशुल्क परीक्षण र उपचार सम्बन्धी मापदण्ड सार्वजनिक गरेको छ । मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले कोरोना संक्रमणको उपचारवापत अस्पतालहरुलाई अनुदान उपलब्ध गराउने सम्बन्धीको बनेको निर्देशिकाको दोस्रो संशोधन भएसँगै निशुल्क परीक्षण र उपचार गर्न निश्चित मापदण्ड तय गरेको हो ।

मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले आर्थिकरुपमा विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपांगता भएका नागरिक, ज्येष्ठ नागरिक, अग्रपंक्तिमा खटिनेहरुमा लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गर्ने जानकारी दिए ।

उक्त निर्णय मन्त्रालयले आइतबार गरेको थियो । कोरोनाको निःशुल्क परीक्षण र उपचारसम्बन्धी मापदण्ड सोमबार सबै कोभिड अस्पताललाई पठाएको छ । तर यी माथिका समेटिएका वर्गले अनिवार्य परिचयपत्र वा प्रमाणपत्र लिएर आए मात्र निशुल्क उपचार सुविधा पाउने मन्त्रालयले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्