पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५३५ कोरोना संक्रमित



काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५३५ कोरोना संक्रमित थपिएका छन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार २२५, ललितपुरमा १४७ र भक्तपुरमा १६३ जनालाई कोरोना संक्रमण देखिएको छ।

योसँगै हालसम्म काठमाडौंमा ५६ हजार ३०२, ललितपुरमा ७ हजार ८८३ र भक्तपुरमा ५ हजार ३१३ जनालाई संक्रमण भएको छ।

पछिल्लो २४ घण्टामा देशभर २ हजार ८५६ जना संक्रमित भएका छन्। संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३३६ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ११ हजार ६७० पुगेको छ।

आज देशभर ४५ हजार ५७२ जना सक्रिय संक्रमित छन्। आज देशभर ५ जना संक्रमितको मृत्यु भएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्