संविधान सभा सदस्य सञ्चपाल मादेनको घरमा आगलागी, ३९ लाख ६५ हजारको क्षति



ताप्लेजुङ। ताप्लेजुङको फुङलिङ नगरपालिका ९ हाङदेवामा आगलागी भएको छ। आगलागी संविधान सभा सदस्य सञ्चपाल मादेनको घरमा भएको हो आगलागीका कारण नगद १ लाख ५० हजार, १ तोला सुन, अन्नबाली, फर्निचरका सामाग्री, लत्ताकपडा, संविधानसभाको मेडल, अलैँची लगायतका सामान जल्दा करिब ३९ लाख ६५ हजार क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिएका छन्।

ढुङ्गा माटोले बनेको जस्ताको पाता लगाइएको तीन तले घरमा विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ। दिउँसो करिव पौने १ बजेबाट सुरुभएको आगलागी स्थानीय नेपाली सेना, नेपाल प्रहरी, र शसस्त्र प्रहरी बल लगायतको सक्रियतामा करिव साढे २ बजे पूर्ण नियन्त्रणमा आएको थियो। आगलागीको कारण बारे अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्