इरानमा सरकार विरोधी प्रदर्शन फैलिँदै



सैघाली खबर
काठमाडौं,१५ पुस


इरानमा मूल्य बृद्धि बिरुद्ध शुरु भएको सरकार विरोधी प्रदर्शन फैलिँदै गएको छ । विहीबार पूर्वी शहर मशहद बाट सुरु भएको प्रदर्शन हिजोसम्म राजधानी तेहरान सहित प्रमुख शहरहरु सम्म फैलिएको छ ।

प्रदर्शन सन् २००९ मा विवादित चुनावको विरोधमा भएको प्रदर्शन पछिकै ठूलो भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले लेखेका छन् । विरोध प्रदर्शनपछि सरकारी अधिकारीहरु त्रसित भएको विविसिले लेखेको छ ।

इरानमा विरोध प्रदर्शन विरलै हुन्छ । अहिले विरोध प्रदर्शन हुनुमा विदेशी एजेन्ट्सलाई जिम्मेदार ठहराइएको छ । सरकारको चेतावनी लाई बेवास्ता गर्दै सामाजिक सञ्जाल मार्फत विरोध प्रदर्शनमा सहभागी हुन अपिल गर्ने क्रम बढ्दै गएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्