कैलालीमा बलात्कारको आरोपमा एक जना पक्राउ



कैलालीमा बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर २ का एक ३२ वर्षीय पुरुष रहेको सुखड प्रहरीले जानकारी दिएको छ ।

सोही वडाकी ३४ वर्षीया पीडित महिलाले दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरेका छौ । इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक सागर बोहराले भने,… “ती पुरुषले सोमबार राती ११ बजे कोही नभएको मौका छोपी महिलाको घरमै गई जबरजस्ती करणी गरेका रहेछन् । उनलाई पक्राउ गरी जिल्ला चलान गरिसकेका छौ ।” महिलाको स्वास्थ्य परीक्षण तथा आवश्यक प्रक्रिया अघि बढाई घटनाको अनुसन्धान समेत भइरहेको प्रहरीले बताएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्