“देशको माटो ” कविता



राज कुमार कार्की
“देशको माटो ”

मिल्दैछु म अब यहीँ देशको नै माटोमा।
बिदा हुँदै धर्तीमाता सँग स्वर्गको नै बाटोमा।।
भन्दछ्न सब कुरा हुन्छ भावीले नै लेखेको।
झूटो साबित हुन जान्छ यो कलिमा त देखेको।।
छिया छिया भएकोछ मानव छाती सब ऐले।
असत्य माथि सत्यको नै विजय हुनेछ फेरि जैले ।।
कौरबहरु र पाण्डब बिच लडाइँ नै भयो जब।
देशको माटो पाउनको लागि थिए लड्दै सब।।
आहा! कति प्यारो लाग्छ आफ्नै नेपाल देशको माटो।
फर्कि आउछन् बिदेश बाट सब उतै बस्नको साटो ।।
कालापानी सब हुन है यही देशको हाम्रो माटो ।
गोप्य कुरा के के भयो है जमिन फिर्ता गर्न साटो ।।
देशको माटो रम्न सके रम्छ हाम्रो नेपाल देश ।
यही माटोमा पसिना नै सबले बगाए हुनेछ बेस।।
देश बनाउन चाहिन्छ है राज्यलाई आवश्यक धन।
जुटाउन धन सब बिदेश तिर गए मिलेर नै होला मन।।
देशको माटो जोगाउन पुर्खाले बगाए है रगत।
तर आज वैरीले खायो देशको माटो किन फगत ।।
देशको माटो जोगाउन पुर्खा सब कागडा टिस्टा बढे।
तर आज किन किन आफ्नो देशको जमिन छाडे।।
चोट लाग्यो मुटुमा हाम्रो दुख्यो सबको फेरि घाउ ।
के के भको हो है सरकार न्याय निसाफ पाउ।।
देशको माटो गुम्दा हामी सबको मुटुमा दुख्दछ घाउ।
आफ्नो देशको माटो अब पराईलाई नखुवाउ।।

धन्यवाद ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्