बारामा प्रहरी तस्करबीच झडप हुँदा एक बालकसहित तीन जना प्रहरी घाइते



बारा- बारामा प्रहरी तस्करबीच झडप हुँदा एक बालकसहित तीन जना प्रहरी घाइते भएका छन्।

सुवर्णपुर गाउँपालिकामा बुधबार साँझ ७ बजेतिर भएको झडपमा प्रहरी १२ राउन्ड हवाइफायरसमेत गरेको थियो ।

सोक्रममा १४ वर्षीय रन्जन यादव घाइते भएको बाराका एसपी कृष्ण पंगेनीले जानकारी दिए। उनका अनुसार बालकको हाल बयोधा अस्पतालमा उपचार भइरहेको छ। उनको टाउको अपरेशन गरिएको छ।

तस्करहरूले ल्याएका ६ बोरा आलु र प्याज प्रहरीले नियन्त्रणमा लिएपछि स्थानीयहरू प्रहरीमाथि नै जाइलागेपछि झडप भएको पंगेनीले बताए ।

सोक्रममा १२ राउन्ड हवाईफायर भएको र एक जना सईसहित तीन प्रहरी घाइते भएको उनले बताए । उनीहरूको कलैया अस्पतालमा उपचार भइरहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्