नेपालमा पछिल्लो २४ घण्टामा थपिए २३६४ कोरोना संक्रमित, १७ को मृत्यु



काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप २३६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३८ हजार ९५२ रहेको छ ।

यसअघि बुधबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्