सन्दिपको ‘ओक्कल दाेक्कल’ युटुव ट्रेडिङ्गको पहिलो स्थानमा



पछिल्लो समयका निकै चर्चित तथा ब्यस्त गायक सन्दिप न्यौपानेको अर्को चर्चित गित बजारमा आएको छ । बालापनको झल्को दिने गरि गायक तथा मोडल न्यौपानेको शब्द तथा स्वरमा रहेको उक्त गित आज सम्म सात लाख ५४ हजार दर्शकले हेरिसकेका छन । सन्दिपलाइ स्वरमा सहिमा श्रेष्ठले साथ दिएकी छन भने गीतको कम्पोज र एरेन्ज गोविन्द मधुर आचार्यले गरेका छन । नृत्यमा नेपालकै चर्चिच काटुन क्रुजको रहेको छ ।

बालपनमा विशेष गरि गुनगुनाउने ओक्कल दोक्कलल तिक्कल चारले सबैको मन जित्न सफल बनेको छ युवा हरुमा बालापन ताजा गराउने गरि यो गितले मन छोएको धेरै युवाहरुले गित सेयर गर्दै बताउने गरेका छन भने बालबालिकाहरुको नृत्य सँगै गितले बालबालिकाको मुखमुखमा समेत यो गित बस्न सफल भएको छ यो समाचार तयार पार्दा सम्म नेपालको ट्रेन्डिङमा पहिलो स्थानमा उक्त गित रहेको छ।

गायक सन्दिप न्यौपानेको चर्चित गित लालुमैले जस्तैचर्चा बटुल्न सफल बनेको न्यौपाने समेत हर्षित हुनुका साथै अपार माया निरन्तर दिएको दर्शक स्रोता प्रति आभार ब्यक्त गरेका छन ।

निकै आकर्षक बनेको उक्त गितको भिडियोको कोरियोग्राफर पेम्बा मगर र आश्मा बिश्वकर्माले गरेका छन भने कन्सेप्ट र निर्देशन सरोज अधिकारीको रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्