सिरहामा कटुवा पेस्तोल र लागुऔषधसहित दुई जनालाई पक्राउ



सिरहा– प्रहरीले सिरहामा कटुवा पेस्तोल र लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कर्जन्हा नगरपालिका –२ बन्दीपुरबजारका २२ वर्षीय डिम्पल यादव र २२ वर्षीय प्रेमनाथ यादव रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम पौडेलका अनुसार उनीहरूलाई इलाका प्रहरी कार्यालय बन्दीपुर सिरहाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

डिम्पलको साथबाट कटुवा पेस्तोल एक थान, त्यसमा प्रयोग हुने एक थान गोली र नाईट्रोभेट ट्याब्लेट छ पिस बरामद गरिएको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्