घोडाघोडीमा थप ५७ जनाको स्वाब सङ्कलन



कार्तिक १४ सुखड,
कैलालीको घोडाघोडी नगरपालिकामा शुक्रवार थप ५७ जनाको स्वाब सङ्कलन गरिएको छ । नगरपालिकाका कर्मचारी तथा विभिन्न वडाका संकास्पत स्थानीयहरूको स्वाब सङ्कलन गरी परीक्षणका लागि सेती प्रादेशिक अस्पताल प्रयोगशाला धनगढी पठाएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक कैलाश कुमार रावतले जानकारी दिएका छन् ।

यो सहित हाल सम्म नगरपालिकाका १ हजार २ सय ८२ जनाको स्वाब परीक्षण भएको छ । कोरोना सङ्क्रमण पुष्टि भएका १ सय ३१ जना मध्ये हाल पालिकामा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य रहेको बताइएको छ । कोरोना सङ्क्रमितको उपचारका लागि नगर सरकारले निर्माण गरेको दुई वटा आइसोलेसन यती बेला खाली रहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्