छ लाख ९३ हजार मूल्य बराबरको १२ कार्टुन चुरोट बरामद



कञ्चनपुर- सशस्त्र सीमा क्षेत्रबाट छ लाख ९३ हजार मूल्य बराबरको १२ कार्टुन चुरोट बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं ३५ शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार भीमदत्त नगरपालिका–९ खल्लामछेट्टीबाट नेपालबाट भन्सार छली गरी भारततर्फ पैठारी गरिरहेको अवस्थामा चुरोट १२ कार्टुन बरामद गरिएको छ ।

यसैगरी बेलौरी नगरपालिका–८ दिपघाट, भीमदत्त नगरपालिका–९ मटैनालगायत क्षेत्रबाट अवैधरूपमा भन्सार छली गरेर ल्याइएको माछा, बिना नम्बरको मोटरसाइकल, सुर्ती, बिँडीलगायत बरामद गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्