कोरोना संक्रमित पूर्ब बाणिज्य मन्त्री बिश्वकर्मालाइ भेन्टिलेटरमा सारियो



ई साताअघि कोरोना भाइरस संक्रमण भएका पूर्वमन्त्री तथा कांग्रेस सांसद मीन विश्वकर्माको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको चिकित्सकहरुले जानकारी दिएका छन्।

अहिले उनलाई ग्रान्डी अस्पतालको भेन्टिलेटरमा राखिएको छ।

कात्तिक १ गते ५३ वर्षीय पूर्ववाणिज्य मन्त्री तथा कांग्रेस नेता विश्वकर्मालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।

संक्रमण पुष्टि भएको ८ दिन नेता विश्वकर्मा होम आइसोलेसन बसे।

होम आइसोलेसन बसेका विश्वकर्मालाई सास फेर्न असजिलो हुन थालेपछि कात्तिक ९ गते उपचारका लागि वीर अस्पताल पुर्‍याइयो। तीन दिनसम्म उनी वीर अस्पतालमै उपचाररत थए। तर, उनको स्वास्थ्यमा सुधार नदेखिएपछि थप उपचारका लागि कात्तिक १२ गते उनलाई ग्राण्डी अस्पताल सारिएको थियो।

अस्पतालले आइसीयुमा भए पनि विश्वकर्माको स्वास्थ्य स्थिति स्थीर रहेको बताउँदे आएको थियो।

शनिबार दिउँसो भने बिश्वकर्माको स्वास्थ स्थिति खस्कदै गए पनि ग्रान्डी अस्पतालमा भेन्टिलेटरमा सारिएको स्वकिय सचिब टेक बिश्वकर्माले बताए । नेता बिश्वकर्माको फोक्सोमा निमोनिया देखिएको र स्थिति त्यति आतिइहाल्नु नपर्ने बताए ।

थाहा अनलाइनको तर्फबाट नेता बिश्वकर्माको सिघ्र स्वास्थ लाभको कामना

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्