बर्खा लागेर बन्द रहेको स्टिवर सेवा कालीगण्डकी नदीमा पुनःसञ्चालनमा आयो



अमृत भट्टराई /बिहादी, पर्वत । स्याङ्जा जिल्लाको मिर्मि आँधिमुहान देखि स्याङ्जा, पर्वत र गुल्मीको संगम स्थल सेतिवेणि बजारमा सम्म सञ्चालन हुदै आएको स्टिम्वर बर्खा लागेपछि बन्द रहेको थियो ।

नेपालीहरुको महान पर्व नजिकिँदै जादा स्टिम्वर सेवा पुन अश्विन २५ गते देखि सञ्चालन मा आएको कालीगण्डकी जलयातायातका अध्यक्ष टोलराज भट्टराईले जानकारी दिए ।
बर्खा लगेपछि जेष्ठ महिनाको अन्तिम सातापछि कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि स्टिम्वर सेवा बन्द रहेको थियो ।

कालीगण्डकी नदीमा a जलविद्युत आयोजना सञ्चालनमा आएपछि २०६१ सालदेखि कालीगण्डकी नदीमा ढंुगा सञ्चालन हुदै आएको र पछिल्लो समय इन्जिन बाट सञ्चालन हुने स्टिवर सेवा सञ्चालनमा आएको अध्यक्ष भट्टराईले जानकारी दिए । स्याङ्जाको मिर्मिको आँधिमुहानमा डिम बाँधिएको कालीगण्डकी नदीले छ गर्दा आँधिमुहान देखि ७.५ किलोमिटर कालीगण्डकी नदीमा ताल परेको र त्यो ताल पर्वतको बिहादी गाउँपालीका ,स्याङ्जाको गल्याङ्ग नगरपालिका र गुल्मीको कालीगण्डकी गाउँपालिकाको संगम स्थल सेतिवेणि बजार सम्म सञ्चालन हुदै आएको छ । पछिल्लो समय कालीगण्डकी नदीमा जल यातायात हुदै विश्व प्रसिद्ध सालिग्राम शिला दर्शन गर्ने आउनेहरुको लागि पनि स्टिवर सेवा निकै उपयुक्त हुदै आएको सेदिवेणीका स्थानीय बासिन्दा रेशम न्यौपानेले बताए ।

गण्डकी प्रदेशले पर्यटन वर्ष २०२० मनाउँदै गर्दा पर्यटन प्रबर्द्धनका लागि कालीगण्डकी जल यातायात लाई नयाँ खालको मकालु पानीजहाज पनि सञ्चालन आएको छ ।
अहिले विश्वभर फैलिएको कोरोना भाईरस को महामारि को कारण ले गर्दा विगतका वर्ष हरुमा भन्दा अलिक भाडा दर बढायर स्टिम्वर सञ्चालनमा आएको अध्यक्ष भट्टराईले बताए । स्टिवर सेवा सञ्चालन भएपछि पर्वतको बिहादी गाउँपालीका , पैँयू गाउँपालिका स्याङ्जाको गल्याङ्ग नगरपालिका को केही भाग गुल्मीको कालीगण्डकी गाउँपालिका का बासिन्दा लाई यात्रा गर्ने र अन्य यातायात भन्दा जल यातायात सस्तो पर्ने भएकाले सेतिवेणी बजार लगाएका बासिन्दाले सामान ओसारपसार समेत गर्दै आएको स्थानीयले बताउँछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्