कि क्षमताकाे स्तर बढाउनुस, हाेइन भने बाटाे छाेड्नुस : मेटमणि चाैधरी



करिब ३ बर्ष अगाडि दुई पार्टिका दुई अध्यक्ष – कमरेड केपि र कमरेड पुष्पकमल दाहालले पार्टि एकता गर्नु भयाे र अाैपचारिक रूपमा तत्कालिन नेकपा एमालेकाे मुख्यालय मदन नगर बल्खुमा घाेषण समेत गर्नुभयाे ।

याे कार्यलाई देश बिदेशमा रहनुभएका कम्युनिष्ट समर्थक देखि नेता सबैले उत्साहकाे साथमा खुशियालि र स्वागत पनि गरियाे । यहि एकताकाे जगमा २/३ वरिपरि गठबन्धनकाे पक्षमा सिट संख्या पनि प्राप्त भयाे । तर अाज पनि न त हामी राम्राेसँग सरकार चलाउन सकेकाे छाै न त लाखाै कार्यकर्ताहरूलाई धेरै प्रयोग गर्न सकेकाे छाै ।


सरकार बनेकाे ३३ महिनामा हामी ब्यवस्थित भएर हजाराै नेता, लाखाै कार्यकर्ता /जनताहरूलाई बिकाससँग जाेडिएकाे काममा लगाइसक्नु पर्ने थियाे । सिँगाे नेपाली जनताहरूलाई कम्युनिष्ट पार्टिकाे सरकारकाे सकारात्मक सन्देश दिइसक्नु पर्ने हाे तर अाज पनि नेतृत्व कुर्सी दाैडमा मात्रै सिमित भइरहेकाे छ ।

राजनैतिक नियुक्ति लगायतका सेवा सुबिधाकाे पदमा अाफनाे बाहेक अरू कार्यकर्ताहरू देख्नै छाेडिसकेका छन् । अाफनाे नजिककाे भए पटक पटक छानि छानि सुबिधाकाे अवसर पाँउने, पार्टि पद्धतिलाई लात हान्दै सबथाेक मै र मेराे गुट भन्ने भावनाकाे बिकासले एकलकाँटे बन्दै जाने कार्यले एकीकृत कम्युनिस्ट अान्दाेलनलाई फुट र बिघटनकाे संघारमा पुरयाइरहेकाे छ । यस बिषयमा जसले चिन्ता लिनु पर्ने हाे – त्याे ब्यक्तिमा कत्ति पनि चिन्ता पलाएकाे देखिदैन । घमण्ड उस्तै छ, धाक र रवाफ पनि उस्तै छ ।अासेपासेहरूका पनि साँढेकाे व्यवहार छ ।

उपराेक्त सबै कार्यहरू नेतृत्वको असक्षमताकाे कारण हाे । सक्षमताकाे अभाबकै कारण पार्टि र सरकार सक्षम हुन सकिरहेकाे छैन । नेतृत्वमा अाजकाे शासन ब्यवस्थालाई सञ्चालन गर्न सक्ने खुबि देखिएन । खुबि पहिलेकै छ – जुन पहिले थियाे अर्थात एकीकरण अगाडि ! खुबि एकीकरण अगाडिकाे – सरकार २/३ काे र पार्टि विशाल ! कसरी तान्न सक्छन्?

यसैले कि नेतृत्वकाे क्षमतामा समृद्धि ल्याउनु पर्याे, यदि क्षमता बढाउन सकिन्न भने बाटाे खाली गर्नु पर्याे ! हाेइन भने लाखाै कार्यकर्ताहरू तपाइहरूलाइ किञ्चित छाेड्नेवाला छैन्न । समयमै हेक्का रहाेस ! !

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्