पछि हट्यो सरकार: अब कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने



कात्तिक २५, काठमाडौं । सरकारले आफ्नो पूर्व निर्णय सच्याउँदै सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले निश्चित वर्गको मात्र परीक्षण तथा उपचार निःशुल्क गर्ने र अरुले आफ्नै खर्चमा गर्नुपर्ने निर्णय सच्याएको हो । एक मन्त्रीका अनुसार अब सबै सरकारी प्रयोगशालामा कोरोनाको परीक्षण निःशुल्क हुनेछ भने सरकारी अस्पतालमा निःशुल्क उपचार हुनेछ ।

सर्वोच्च अदालतले १५ असोजमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न आदेश दिएको थियो । फैसला पुनरावेदनका लागि सरकारले दिएको निवेदन समेत खारेज भएपछि सरकारलाई निर्णय उच्याउन दबाब परेको थियो ।

स्रोतकाअनुसार मन्त्रिपरिषद्को निर्णयमा निजी अस्पतालबारे भने बोलिएको छैन ।

यस्तै बैठकले कोरोनाको भ्याक्सिन समयमै उपलव्ध गराउने विषयमा पनि एक कमिटि बनाईएको छ ।

कोारोना संक्रमितको उपचार र व्यवस्थापनमा सहयोगका लागि कोभिड कोषमा मन्त्रीपरिषद्का सबै सदस्यहरुको चैत्र सम्मको आधा पारीश्रमिक जम्मा गर्ने पनि निर्णइ भएको छ । बैठकले पुस्तक आयातमा यस अघि लगाएको कर पनि हटाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्