काठमाडौं, २६ कार्तिक। सरकारले तिहार बिदा थप गरेको छ। सरकारले मंसिर २ गते पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
किजा पूजाको अवसरमा २ गते पनि सार्वजनिक बिदा दिने निर्णय सोमबार बसेको मन्त्रिपरिषदबाट भएको गृह मन्त्रालयले जनाएको छ।
नेपाल पञ्चाङ्ग निर्णायकले यसवर्ष कात्तिक २९ गते बिहान कुकुर तिहार र साँझ लक्ष्मीपूजा, ३० गते गाईरगोरु पूजा तथा नेवाः समुदायको म्हपूजा र मंसिर १ गते गोवर्द्धन पूजा तथा भाइपूजा तोकेको छ।
२९ गते दिउँसो १ः४९ बजेदेखि ३० गते बिहान ११ः२७ बजेसम्म औँशी तिथि रहन्छ। त्यसैले कात्तिक २९ गते लक्ष्मीपूजा गर्नु उपयुक्त हुन्छ। तर नेवाः समुदायले २९ गते नरक चतुर्दशीका दिनमा लक्ष्मीपूजा नगर्ने बताएका छन्।
यसोगर्दा ३० गते लक्ष्मीपूजा, मंसिर १ गते नेपाल संवत् नयाँ वर्षको पहिलो दिन म्हपूजा र मंसिर २ गते मंगलबार किजापूजा (भाइटीका) गर्नुपर्छ। उनीहरुलाई सम्बोधन गर्न सरकारले २ मंसिरमा पनि बिदा दिने निर्णय गरेको हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।