२१ दल तथा सगठनहरुले मंसीर ७ गते बिरोध प्रदर्शन गर्ने



काठमाडौं । २१ बाम दल तथा संगठनहरुको गठबन्धनले आगामी मंसीर ७ गते सातै प्रदेशमा बाहय हस्तक्षेप र आन्तरिक गडबडीका बिरुद्ध प्रदर्शन गर्ने भएको छ । खसगरी २१ दलीय गठबन्धनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सहित उखु किसानको बक्यौता लगायत राष्ट्रियता जनतन्त्र र जनजीकिका बिषयलार्य लिएर विरोध प्रदर्शन गर्ने भएका हुन्।

हिजो बिहीबार कार्तिक २७ बसेको गठबन्धनको बैठकले मंसिर ७ गते काठमाडौंको माईतीघरमा प्रदर्शन गर्ने निर्णय गरेको हो। एमसिसी खारेज हुनुपर्ने लगायतका माग राख्दै गठबन्धनले सातै प्रदेशका एकरएक ठाउँमा प्रदर्शन गर्ने तयारी गरेको छ।

बिरोध कार्यक्रममा एमसिसी खारेज हुनुपर्ने, भारतले अतिक्रमित गरी कब्जा गरेको कालापानी, लिम्पियाधुरा, लिपुलेक, महेशपुर क्षेत्र फिर्ता गर्नुपर्ने, कोरोना उपचार र परीक्षण निःशुल्क गर्नुपर्ने, तराईका उखु किसानको बक्यौता रकम तुरुन्त दिलाउनुपर्ने गठबन्धनको माग रहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्