नेकपा सचिवालय बैठक सकियो



काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठक ४० मिनेटमै सकिएको छ। आगामी बैठकको एजेण्डा तय गर्दै बैठक सकिएको हो। बैठक अपराह्न ४ः२५ मा सुरु भएको थियो।

आजको सचिवालय बैठकले मंसिर ३ गते अर्को बैठक बस्ने गरी एजेण्डा तय गरेको छ। आगामी बैठकमा पार्टी स्थायी कमिटीको निर्णय कार्यान्वयन र पार्टीको आन्तरिक मामलामा देखिएको समस्यामा छलफल हुने एजेण्डा तय भएको बताइएको छ।

यसअघि नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित ५ जना सचिवालय सदस्यहरूले प्रधामन्त्री केपी शर्मा ओलीलाई भेटेर बैठक राख्न लिखित पत्र बुझाएका थिए। दुवै अध्यक्षको सहमतिमा महासचिव विष्णु पौडेलले बैठक बोलाएपछि नेकपाको सचिवालय बैठक आजका लागि तय भएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्