अनुपयुक्त, अनुचित, झुठा र भ्रमपूर्ण आरोपको जवाफ दिन आबश्यक छैनःवली



मंसिर ४,काठमाण्डौ ।सत्तारुढ नेकपाका प्रथम अध्यक्ष केपी शर्मा ओलीलाई पनि राजनीतिक प्रस्ताव पेश गर्न दिने निर्णय गर्दै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक १० दिनका लागि स्थगित भएको छ ।

आफूविरूद्ध एक पक्षीयरूपमा कार्यकारी अध्यक्ष प्रचण्डले राजनीतिक प्रस्ताव ल्याएपछि चिढिएका ओलीले बुधबारको बैठक सार्न खोजे पनि अन्ततः असफल भए ।उनले उक्त प्रस्तावलाई राजनीतिक प्रस्ताव नभएर आफ्नो राजनीतिक जीवन समाप्त गर्ने ‘अभियोगपत्र’ आएको बताएका हुन। यस्तो छ ओलीले सचिवालयमा गरेको सम्बोधनको पूर्णपाठको सम्पादित अंश –

आजको सचिवालय बैठकको कारबाही प्रारम्भ हुन्छ । म सबै कमरेडहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु । मैले धेरै भनिरहनु पर्ला जस्तो लाग्दैन । बैठक धेरै जटिल मोडमा छ । पार्टी निकै जटिल मोडमा छ । सामान्य अवस्थाबाट पार्टी पनि गुज्रिराखेको छैन । हामी पनि गुज्रिराखेका छैनौँ ।

म एक दुईवटा कुरा राखौँ । अस्तिको बैठकमा केही कुराहरू, जस्तो कि बैठकको एजेण्डाको रूपमा होइन, पत्राचारका रूपमा, जस्तो कि पाँच जना साथीहरूले मलाई बैठक बोलाइयोस् भनेर पत्र दिनुभयो । त्यसमा गम्भीर आरोपहरूसमेत भएको हुनाले मैले बैठक बोलाउने कुरा आफ्नो ठाउँमा छ तर, ती आरोपहरू अनुत्तरित हुन पनि सक्दैनथे । मैले त्यसको जवाफ किन दिनुपर्यो ? वास्तवमा ती आरोपहरू सही थिएनन्, अनुपयुक्त, अनुचित, झुठा र भ्रमपूर्ण थिए, तिनको बारेमा मैले स्पष्ट पार्नु नै जरुरी थियो ।

त्यसकारण मैले व्यक्तिगत तवरमा नै, अगुवाइ उहाँको भएको हुनाले, अर्का अध्यक्षलाई पत्र लेखेँ । र, त्यस पत्रको जानकारी बोधार्थका रूपमा पत्र बुझाउन आउने साथीहरूलाई त दिएँ नै, अरू साथीहरूलाई पनि जानकारीका लागि दिएँ । त्यसको प्रत्युत्तरमा चाहिँ अर्को ७ पेजको जवाफ अर्का अध्यक्षले लेख्नुभयो । त्यसको जवाफ मैले दिएको छैन । स्वाभाविकरूपमा त्यसको पनि उचित जवाफ दिनुपर्ने छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्