बिप्लब नेकपाका पाल्पा जिल्ला ईन्चार्ज शाही पक्राउ



४ मंसिर, बुटवल । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पाल्पा जिल्ला इन्चार्ज पूर्णबहादुर शाहीसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा शाहीसहित विप्लव समूहका पाल्पा जिल्ला सदस्य मिनबहादुर आले पनि पक्राउ परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।शाही विप्लव निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का पुर्ब केन्द्रीय अध्यक्ष समेत हुन् । पक्राउ परेका शाही र आलेको साथबाट केही शंकास्पद सामग्री पनि बरामद भएको र दुवै जनामाथि थप अनुसन्धान भइरहेको डीएसपी प्रतीतसिंह राठौरले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्