सिरहामा छठको घाटबाट एक युवक हतियारसहित पक्राउ



६ मंसिर, सिरहा । सिरहामा छठको घाटबाट एक युवक हतियारसहित पक्राउ परेका छन् । शनिबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिइरहँदा औरही गाउँपालिका ५ बाट हतियारसहित एक जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा और्ही ५ कै २२ वर्षीय रबीन दास छन् । दासलाई वडा नम्बर ५ स्थित पोखरीबाट हतियारसहित पक्राउ गरिएको सिरहाका प्रहरी प्रवक्ता शालिग्राम शर्माले बताए ।उनका अनुसार दासको साथबाट एक राउण्ड गोली लोड भएको अवस्थामा एउटा कटुवा पेस्तोल बरामद भएको छ । यस्तै सोही पेस्तोलमा लाग्ने थप २ राउण्ड गोली पनि उनको साथबाट बरामद भएको शर्माले बताए ।

उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

रबीनले आफ्ना एकजना छिमेकीमाथि आक्रमण गर्ने योजनाअनुसार पेस्तोलसहित छठ घाटमा गएको सूचनाअनुसार प्रहरीले उनलाई पक्राउ गरेको हो । ती छिमेकीसँग उनको पुरानो रिसइबी रहेको स्थानीय बताउँछन्

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्