डीभी चिठ्ठाको भिसा रोकिएकाहरूले अब धेरै समय प्रतिक्षा गर्न नपर्ने



काठमाडौं। कोरोना भाइरसको महामारी लगायतको कारण डीभी चिठ्ठाको भिसा दिन रोकिएकाहरूले अब भने धेरै समय प्रतिक्षा गर्न नपर्ने भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश आदेश नथपिएको खण्डमा डीभी चिठ्ठा परेकाहरूले जनवरीमा भिसा पाउन सक्नेछन्। तर, त्यसका लागि दूतावास खुल्न जरुरी छ।

अमेरिकामा हुने डिभी विजेता नेपालीहरुले भने स्टाटस एड्जस्ट गर्न सक्नेछन्। जनवरीपछि कार्यकारी आदेश नथपिएको खण्डमा अक्टोबर, नोभेम्बर र डिसेम्बरमा योग्य ठहर गरिएकाहरुले प्राथमिकताका आधारमा भिसा पाउन सक्नेछन् ।

भिसा जनवरी अगाडि प्राप्त नहुने भए पनि त्यस अगाडिका सबै प्रक्रिया पूरा गरेर आफ्नो आवेदन भिसा अन्तरवार्ताका लागि तयार राख्न कानुन व्यवसायीहरुले सुझाव दिएका छन्।डोनाल्ड ट्रम्पको कार्यकाल जनवरी २० सम्म कायम रहने भएकाले त्यो अगाडि ट्रम्पले कार्यकारी आदेशको अवधि लम्बाउन सक्नेसमेत सम्भावना रहेको छ।

तर, जो बाइडेनले कार्यभार सम्हालेपछि भने ट्रम्पका कार्यकारी आदेशहरु उल्टाउन सक्नेछन्।
पासपोर्ट अनिवार्य गरिएपनि २०२१ को डिभी लोटरी कार्यक्रममा ४ लाख २१ हजार ७ सय ६५ जना आवेदकहरुमध्ये डिभी लोटरीका लागि भने जम्मा ३८०१ जना नेपालीहरु छनौट भएका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्