दाङमा कक्षा ८ को परिक्षा स्थानीय तहले गर्ने



सैघाली खबर
दाङ,१८ पुस


दाङमा यस बर्ष देखि कक्षा ८ को परिक्षा सम्बन्धित स्थानीय तहले गराउने सहमती भएको छ । सोमबार जिल्ला शिक्षा कार्यालय दाङको समन्वयमा भएको भेलाले अस अघि जिल्ला शिक्षा कार्यालयले गराउँदै आएको उक्त परिक्षा अब सम्बन्धित स्थानीय तहले गराउने निर्णय भएको हो । बिगत लामो समय देखी स्थानीय तह र शिक्षा कार्यालयको विवाद समेत उक्त भेलाले निचोडमा पु¥याएको छ । भेलाले कक्षा ८ को परिक्षा सञ्चालनका लागि जिल्ला शिक्षा कार्यालय दाङमा प्रति बिद्यार्थी प्राप्त हुने रकम स्थानीय तहले उपलब्ध गराउने बिद्यार्थी विवरणका आधारमा शिक्षा अधिकारीले दश वटै स्थानीय तहमा रकम बिनियोजन गर्ने निर्णय भएको छ ।

 

जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्र मान नेपालीको अध्यक्षतामा भएको हाल स्थानीय तहमा खटिएका स्रोत ब्यक्तिको करार सम्झौता स्थानीय तहाबटै गर्ने निर्णय भएको छ । साथै स्रोत ब्यक्तिहरुलाई सम्बन्धित स्थानीय तहमा हाजिर हुने ब्यबस्था मिलाउने भएको छ ।बिभिन्न शिक्षासंग सरोकार राख्ने ब्यक्तिहरुको सहभागीतामा भएको भेलाले स्थानीय तहहरुमा शिक्षक, बिद्यालय, कर्मचारी र सहयोगी कार्यकर्ता छनौट कार्यबिधि तयार पार्ने निर्णय भएको छ । सोही कार्यबिधि अनुसार छनौट गर्ने र एक प्रति अभिलेख शिक्षा कार्यालयमा पेश गर्ने सहमती भएको छ ।

 

सामुदायीक तथा संस्थागत बिद्यालय अनुमति, स्थानान्तरण, समायोजन, नाम परिबर्तन र स्वामित्व् परिबबर्तन गर्ने प्रायोजनका लागि सम्पुुर्ण स्थानीय तहमा पौष मसान्त सम्म निवेदन संकलन गर्ने निर्णय भएको छ । शिक्षक सरुवा सम्बन्धमा कार्यबिधि तयार गरी एक स्थानीय तहले सम्बन्धित स्थानीय तहभित्र आबश्यकता अनुसार शिक्षक सरुवा गर्न सक्ने छ । अन्तर स्थानीय तहमा सरुवा गर्दा दुई सम्बन्धित स्थानीय तहको सहभागिता हुनुपर्ने छ । त्यस्तै अन्र्तजिल्ला सरुवा गर्दा सम्बन्धित जिल्ला शिक्षा अधिकारीहरुको सिफारिसमा स्थानीय तहले सरुवा गर्ने निर्णय भएको छ । भेलामा दश वटै स्थानीय तहका प्रमख, जिल्ला शिक्षा अधिकारी, स्थानीय तह अन्तरगत शिक्षाशाखा प्रमुख लगायको सहभागीता रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्