समाजसेवी बिना खड्का नेपाल साँस्कृतिक कलाकर्मी संघद्वारा सम्मानित



काठमाडौँ। नेपाली कांग्रेस निकट नेपाल साँस्कृतिक कलाकर्मी संघले हाल अमेरिका बस्दै आएकी नेपाल साँस्कृतिक कलाकर्मी संघ अमेरिकाको कार्य समितिको सभापति एवं समाजसेवी बिना खड्का ‘लामा’ लाई संमान गरेको छ।
राजधानीको अनामनगर स्थित सिलौटो रेष्टुरामा एक कार्यक्रमको आयोजना गरी खड्कालाई स्वागत तथा संमान गरेको हो। संघका अध्यक्ष डिभी गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि तथा कांग्रेसका केन्द्रीय सदस्य तथा अनुशासन बिभागका प्रमुख भीष्मराज आङ्दम्बेले खड्कालाई संमान पत्रद्वारा सम्मान गरेका थिए।
खड्काले अमेरिकामा बसेर नेपाली भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्ने, प्रचार(प्रसार गर्ने जस्ता अभियानहरु सञ्चालन गरेर नेपालको भाषा तथा साँस्कृतिक क्षेत्रको संरक्षणमा महत्वपूर्ण योगदान दिएको भन्दै संमान गरिएको आयोजकले जनाएको छ।

२० वर्ष पहिले अमेरिका पुगेकी खड्काले अमेरिकामा नेपाली पाठशाला खोलेर प्रवासी नेपाली बालबच्चाहरुलाई नेपाली भाषा र संस्कृतिका बारेमा अध्यापन गराउँदै आएकी छन्। अमेरिका पुगेका नागरिकहरुले नेपाली संस्कृतीको जगेर्ना गर्ने लक्ष्यका साथ उक्त पाठशाला खोलिएको उनको भनाई छ।
खड्का पेशाले नर्स भएपनि नेपाली भाषा संस्कृती र सस्कारलाई गहन रुपमा लिने व्यक्ति पनि हुन्।

उनी बिएसएन नर्स हाल सरकारी अस्पतालमा कार्यरत तथा NACC का कार्यकारी सदस्य एवम् नेपाली पाठशाला अफ भर्जिनियाकी संस्थापक हुन् ।
उनले अमेरिकामा नेपालका भाषा, धर्म, पर्व, मेला, महोत्सवहरुको आयोजना गर्दै आएको दाबी गरिन्। हालै तिहार र छठ पर्व जुम मार्फत मनाएको बताईन्।
कोरोनाको कहर र जटिल परिस्थितिमा खड्काले धेरै नेपालीहरुलाई सहयोग गरेकी थिइन् ।

कार्यक्रममा संघकी उपमहासचिव सरु सुनारले स्वागत मन्तव्य राखेकी थिइन। त्यस्तै कलाकार शिवशंकर रिजाल, गायिका टिका पुन, अर्जुन सुनाम, कृष्ण रेउले, सुनिता दुलाललगायतको उपस्थिति रहेको थियो।
संघका वरिष्ठ उपाध्यक्ष उदिराम खड्काले कार्यक्रम संचालन गरेका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्